मोरङले नवबर्ष २०७८ को अवसरमा प्रदेश नम्बर १ का पालिका स्तरीय खुल्ला भलिवल प्रतियोगिता गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

मोरङले नवबर्ष २०७८ को अवसरमा प्रदेश नम्बर १ का पालिका स्तरीय खुल्ला भलिवल प्रतियोगिता गर्ने

माेरङ, १६ चैत । खेलकुद विकास समिति केराबारी–२ मोरङले नवबर्ष २०७८ को अवसरमा प्रदेश नम्बर १ का पालिका स्तरीय खुल्ला भलिवल प्रतियोगिता गर्ने भएको छ ।

प्रतियोगिता बैशाख ३ गतेदेखि सञ्चालन हुने आयोजक खेलकुद बिकास समिति केराबारी २ ले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेले नगद रु ७५ हजार, कप, मेडल र प्रमाण पत्र र द्वितिय हुनेले नगद रु ५० हजार, कप मेडल र प्रमाण पत्र पाउने छन् ।

प्रतियोगितामा सुनसरीको इटहरी उपमहानगरपालिका, इनरुवा नगरपालिका, रामधुनी नगरपालिका, झापाको बिर्तामोड नगरपालिका, दमक नगरपालिका, मोरङको बेलबारी नगरपालिका, संखुवासभाको खाँदबारी नगरपालिका, भोजपुरको षडानन्द नगरपालिका, आमचोक गाउँपालिका र आयोजक टिमले सहभागिता जनाउनेछन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);