थ्रि नेशन्स कप उपाधिका लागि आज नेपाल र बंगलादेशबीच भिडन्त हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

थ्रि नेशन्स कप उपाधिका लागि आज नेपाल र बंगलादेशबीच भिडन्त हुँदै

काठमाडाैं, १६ चैत । थ्रि नेशन्स कप फुटबल उपाधिका लागि आज नेपाली राष्ट्रिय फुटबल टोली र बंगलादेशको राष्ट्रिय फुटबल टिमबीच भिडन्त हुँदै छ । दशरथ रंगशालामा हुने उपाधि भिडन्त साँझ साढे ५ बजेदेखि शुरुहुने छ ।

उपाधि जित्ने टिमले ५ हजार डलर पुरस्कार पाउँदा उप विजेता हुने टिमले २ हजार ५ सय डलर प्राप्त गर्ने छ । जारी त्रिदेशी फुटबल प्रतियोगितामा चार अंकका साथ बंगलादेशले फाइनलमा स्थान बनाउँदा नेपालले पनि २ अंक जोड्दै फाइनल स्थान पक्का गरेको थियो ।

यो प्रतियोगितामा कीर्गिस्तान पनि सहभाथि थियो ।कीर्गिस्तान बंगलादेशसँग आत्मघाति गोलका कारण पराजित हुन पुग्यो भने नेपालसँग गोलरहित बराबरी खेल्दा एक अंक मात्रै जोडेर प्रतियोगिताबाट बाहिर भएको हो । दुवै टिमले उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रने बताएका छन् ।

नेपाली टिमका प्रशिक्षक बालगोपाल महर्जनले टिम उपाधि जित्नका लागि मैदान उत्रने बताउँदै सबैभन्दा महत्वपूर्ण कुरा टिमले गोलको खडेरी तोड्नका लागि पनि खेल्ने प्रष्ट पारे । नेपाली राष्ट्रिय टिमले डेढ बर्षअघि विश्वकप छनोट अन्तर्गत चाइनिज ताइपेईविरुद्ध २ गोल गरेपछि अहिलेसम्म गोल गर्न सकेको छैन ।

बंगलादेशका प्रशिक्षक जेम्स डेले घरेलु टोली नेपालविरुद्धको फाइनल प्रतिस्पर्धात्मक हुने बताएका छन् । फाइनल खेलमा घरेलु दर्शकको साथ नेपाली टिमलाई हुने बताउँदै त्यसका बाबजुत पनि आफ्नो टिम उपाधि जित्न सक्षम रहेको बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);