मकवानपुर गोल्डकपको फाइनल आज : उपाधिका लागि आर्मी र विजय युथ भिड्दै् | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

मकवानपुर गोल्डकपको फाइनल आज : उपाधिका लागि आर्मी र विजय युथ भिड्दै्

हेटौंडा। मकवानपुर फुटबल संघको आयोजनामा हेटौंडामा जारी चौथो स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपको फाइनल खेल सोमबार हुँदैछ। प्रतियोगिताको उपाधिका लागि साविक विजेता त्रिभुवन आर्मी क्लब र घरेलु टोली विजय युथ क्लब भिड्दै छन्।तेस्रो संस्करणको फाइनलमा पनि घरेलु टोली र आर्मीबीच नै भिडन्त भएको थियो । त्याे संस्करणमा आर्मीले घरेलु टोलीलाई हराउँदै उपाधि हात पारेको थियो। सेमिफाइनलमा आर्मीले क्यामरुनको एभिनियर एफसीलाई र विजय युथले नेपाल पुलिस क्लबलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो।

आर्मी लगातार दोस्रो वर्ष पनि उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिनेछ भने घरेलु टोली अघिल्लो वर्षको बदला लिँदै उपाधि कब्जा गर्ने दाउमा हुनेछ। प्रतियोगिताको पहिलो संस्करणको उपाधि थ्रीस्टार क्लबले जितेको थियो भने दोस्रो संस्करणको उपाधि घरेलु टोलीले नै जितेको थियो।आइतबार भएको ‘प्रि-म्याच कन्फ्रेन्स’मा दुवै टिमका प्रशिक्षक तथा कप्तानले फाइनल जित्ने दाबी गरेका छन् । आर्मीका प्रशिक्षक नवीन न्यौपानेले बलिया दुई टिमलाई हराउँदै फाइनल भिडन्त पक्का गरेको स्मरण गर्दै लगातार दोस्रो वर्ष पनि उपाधि जित्नेमा ढुक्क रहेको बताए। आर्मीका कप्तान भरत खवासले घरेलु टिमसँगको उपाधि भिडन्त कडा र रोमाञ्चक हुने बताए।विजय युथका प्रशिक्षक विजयलाल श्रेष्ठले मुख्य डिफेन्डर पेपेले दोहोरो पहेँलो कार्डका कारण खेल्न नपाउने भएकाले केही समस्या पर्नसक्ने भन्दै घरेलु मैदान भएकाले भने उपाधि जित्न सहज हुने प्रतिक्रिया दिए । विजय युथका कप्तान अशोक बरालले १२ महिनै ट्रेनिङ गरिरहने आर्मीसँग खेल्न सहज भने नहुने बताए। प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्। यस्तै सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल र विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);