खप्तड गोल्डकपको उपाधिका लागि थ्रीस्टार र सुदूरपश्चिम भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

खप्तड गोल्डकपको उपाधिका लागि थ्रीस्टार र सुदूरपश्चिम भिड्दै

khaptad gold cup

धनगढी, २० फागुन । सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधिका लागि आज थ्रीस्टार र घरेलु टिम सुदूरपश्चिम-११ बीच प्रतिस्पर्धा हुनेछ । गत बर्ष उपाधि नजिक पुगेर बन्चित भएको थ्रीस्टारलाई यसपटक घरेलु टिमको चुनौती रहेको छ ।

विक्रम लामाको कप्तानीमा रहेको थ्रीस्टार गत संस्करणमा पुलिससँग एक शुन्यले पराजित भएको थियो । तर यसपटक उसले उपाधि जित्ने लक्ष्यका साथ उत्रने छ । यस्तै पहिलो पटक नै फाइनलमा पुगेको सुदूरपश्चिम ए डिभिजन क्लवलाई हराएर नयाँ च्याम्पियन बन्ने लक्ष्यमा छ ।

जारी प्रतियोगितामा सुदूरपश्चिमले दुई खेलमा ६ गोल गर्दा तीन गोल खाएको छ । सुदूरपश्चिमले सेमिफाइनलमा विभागिय टिम एपीएफलाई दुई एकले हराएको थियो । यता थ्रीस्टारले सेमिफाइनलमा हिमालयन शेर्पालाई एक शुन्यले हराएको थियो ।

थ्रीस्टार यो सिजन दोस्रो पटक फाइनल खेल्दैछ । यसअघि झापाको सताक्षी गोल्डकपको फाइनलमा मच्छिन्द्र क्लवसँग पराजित भएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);