युरोपा लिगको फाइनलमा आज सेभिल्ला र इन्टर मिलान भीड्दै | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

युरोपा लिगको फाइनलमा आज सेभिल्ला र इन्टर मिलान भीड्दै

एजेन्सी, ५ भदौ । यूईएफए युरोपा लिग फुटबलको उपाधिका लागि आज राती सेभिल्ला र इन्टरमिलान भीड्दैछन । जर्मनीको कोलोग्ने स्थित रायन इनर्जी स्टाडियोनमा हुने फाइनल खेलमा स्पेनिस क्लब र इटालियन क्लबबीच प्रतिस्पर्धा हुन लागेको हो । खेल नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ ।युरोपियन प्रतियोगितामा सेभिल्ला र इन्टर पहिलो पटक भिड्न लागेका हुन् ।

दुबै टीम एक अर्कालाई हराएर उपाधि हात पार्ने दाउमा रहेका छन । युरोपा लिगमा सेभिल्ला सर्वाधिक सफल टिम मानिन्छ । सेभिल्लाले पाँच पटक युरोपा लिग जितिसकेको छ ।सेभिल्लाले पछिल्लो पटक सन् २०१६ मा उपाधि जितेको थियो ।क्वाटरफाइनलमा उल्भ्सलाई हराएको सेभिल्लाले सेमिफाइनलमा अर्को इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई २–१ गोल अन्तरले हराएको थियो ।

उता इन्टर पनि लामो समयपछि युरोपा लिगको फाइनलमा पुगेको हो । इन्टर सन् १९९९ को सिजनपछि फाइनल पुग्ने पहिलो इटालियन टिम हो । इन्टरले पछिल्लो पटक १९९८ मा उपाधि जितेको थियो । इन्टरले पछिल्लो ९ वर्ष यता कुनैपनि उपाधि जित्न सकेको छैन । यस पटक भने सेभिल्लालाई हराएर इन्टर लामो समयपछि उपाधि जित्ने दाउमा रहेको छ ।इन्टरले सेमिफाइनलमा युक्रेनी क्लब साख्तर डोनेस्कलाई ५–०गोल अन्तरले ले हराएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);