यूईएफए सुपर कपको फाइनलमा आज बायर्न र सेभिया भिड्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

यूईएफए सुपर कपको फाइनलमा आज बायर्न र सेभिया भिड्दै

एजेन्सी, ८ असोज । युनाइटेड युरोपियन फुटबल महासंघ यूईएफए सुपर कप फुटबलको फाइनल खेल आज राति हुँदैछ ।

हंगेरीमा हुने फाइनलमा युरोपीयन च्याम्पियन्स लिग विजेता जर्मन क्लब बायर्न म्युनिख र युरोपा लिग विजेता स्पेनिस क्लब सेभियबीच प्रतिस्पर्धा हुनेछ ।

हंगेरीको बुडापेस्टस्थित पुस्कास एरिनामा हुने बायर्न र सेभियाबीचको खेल नेपाली समय अनुसार आज राति पौने १ बजे शुरु हुनेछ ।

दुबै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् । त्यसैले दुई टिमबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।

यो सिजनमा बायर्नले च्याम्पियन्स लिगसहित ३ उपाधि जिति सकेको छ भने सुपर कप समेत आफ्नो बनाउने दाउमा छ । बायर्नले बुन्डेसलिगाको नयाँ सिजन समेत सानदार सुरुवात गरिसकेको छ ।

यता, युरोपा लिग विजेता सेभिया पनि बायर्नलाई हराएर सुपर कप जित्ने दाउमा छ । बायर्न र सेभियाले यस अघि एक एक पटक सुपर कप जितेको छ ।

बायर्नले २०१३ र सेभियाले २००६ मा उपाधि जितेको थियो । यस पटक दुवै टिम दोस्रो पटक उपाधि आफ्नो बनाउन चाहन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);