बायर्न म्युनिखलाई फिफा क्लब विश्वकप फुटबलको उपाधि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बायर्न म्युनिखलाई फिफा क्लब विश्वकप फुटबलको उपाधि

एजेन्सी, ३० माघ । जर्मन क्लब बायर्न म्युनिखले अन्तराष्ट्रिय फुटबल महासंघ फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ । कतारमा भएको फाइनलमा मेक्सिकोको टाइग्रेसलाई १–० गोल अन्तरले हराउँदै बायर्न च्याम्पियन बनेको हो ।

कतारको अहमेद विन अली स्टेडियममा बायर्नलाई जित दिलाउन बेन्जामिन पाभर्डले खेलको ५९ औं मिनेटमा निर्णायक गोल गरे । यससंगै बायर्नले दोस्रो पटक क्लब विश्वकपको उपाधि जितेको छ ।

पछिल्लो ९ महिनाभित्र बायर्नले जितेको यो छैटौ फुटबल उपाधि हो । पछिल्लो समय बायर्नले यूईएफए सुपर कप, जर्मन सुपर कपको उपाधि जितेको थियो । यस अघि बायर्नले सेमिफाइनलमा इजिप्टको अल एहलीलाई २–० गोल अन्तरले हराएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);