जर्मन सुपर कपको उपाधि बायर्न म्युनिखले जित्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

जर्मन सुपर कपको उपाधि बायर्न म्युनिखले जित्यो

एजेन्सी । बायर्न म्युनिखले जर्मन सुपर कपको उपाधि जितेको छ ।

गएराति सम्पन्न सुपर कपको फाइनलमा बायर्नले बोरुसिया डोर्टमण्डलाई ३–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

बायर्नको जितमा रोबेर्ट लेवानडोस्कीले दुई गोल गरेका थिए भने थोमस मुलरले एक गोल गरे। त्यस्तै डोर्टमण्डका लागि एक गोल मार्को रेअसले गरका थिए ।

जर्मनीको बुण्डेसलिगा र डिएफबी पोकलको विजेताबीच हुने यस डिएफएल सुपर कपमा बायर्नले डोर्टमण्डलाई लगातार तेस्रो पटक सुपर कपमा पराजित गरेको हो ।

बायर्नले सुपर कपको उपाधि भने योसहित ९ पटक जितेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);