यूईएफए सुपर कपको उपाधि बार्यनलाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

यूईएफए सुपर कपको उपाधि बार्यनलाई

युनाइटेड युरोेपियन फुटबल एसोसिएसन यूइएफए सुपर कप फुटबल उपाधि जर्मन क्लव बार्यन म्युनिखले जितेको छ । युरोपा लिगको विजेता स्पेनीस क्लव सेभियालाई अतिरीक्त समयमा २ –१ गोल अन्तरले हराउँदै युरोपीयन च्याम्पियन्स लिग बिजेता बार्यनले सात बर्षपछि यो प्रतियोगिताको उपाधि जितेको हो ।

अन्तिम पटक सन् २०१३ मा सुपर कपको उपाधि जितेको बार्यन त्यसपछि फाइनल खेल्न सकेको थिएन । सेभिया भने पछिल्लो १० बर्षमा चौथो पटक युएफए सुपर कपको फाइनलमा पराजित भएको हो ।

हंगेरीको बुढापेष्टमा भएको फाइनलमा कोरोना भाइरसपछि पहिलो पटक युरोपियन फुटबल महासंघले मैदानमा १५ हजार एक सय ८० जना दर्शकलाई मैदानमा उतारेको थियो ।

६७ हजार दर्शक क्षमता रहेको पुस्कास एरिना रंगशालामा सेभियाले सुरुवाती गोलको अग्रता जोगाउन नसकेपछि हार भोगेको हो । खेलको १३ औं मिनेटमा लुकास ओकाम्पोसको पेनाल्टी गोलसंगै सेभियाले अग्रता लिएको थियो ।

एक गोलले पछि परेको बार्यनका लागि लियोन गोरेज्काले गोल गर्दै खेल बराबरीमा ल्याए । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा जाभियर मार्टिनेजले बायर्नका लागि विजयी गोल गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);