बार्यन म्युनिखलाई दुई घरेलु उपाधि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

बार्यन म्युनिखलाई दुई घरेलु उपाधि

bayern

काठमाडौं, १२ जेठ । बार्यन म्युनिखले दुई घरेलु उपाधि जितेको छ ।

बुण्डेस लिगाको उपाधि जितेको बार्यन म्युनिखले जर्मन कप फुटबलको उपाधि पनि जित्दै दुई घरेलु उपाधि जितेको हो । च्याम्पियन्स लिग फुटबलमा खासै राम्रो गर्न नसकेको उसले जर्मन कप फुटबलको फाइनल अन्तर्गत भएको खेलमा आरबी लेइप्जिग विरुद्ध ३–० को जित दर्ता गरेको हो । बार्यनको जितमा रोबर्ट लेवान्डोस्कीले दुई तथा किङ्गस्ली कोम्यानले एक गोल गरेका थिए । १९ औँ पटक जर्मन कपको उपाधि जितेको बार्यनले १२ औँ पटक दोहोरो घरेलु उपाधि जितेको हो । गएको शनिबार बार्यनले लगातार सातौँ सिजन बुण्डेस लिगाको उपाधि जितेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);