बुण्डेस लिगाको उपाधि बार्यनलाई, बन्यो लगातार पाँच पटक उपाधि जित्ने किर्तिमान | ईमाउण्टेन समाचार

Our Network

जेठ २७ २०८३, बिहीबार

बुण्डेस लिगाको उपाधि बार्यनलाई, बन्यो लगातार पाँच पटक उपाधि जित्ने किर्तिमान

जर्मन बुण्डेस लिगा फुटबलको उपाधि बार्यन म्युनिखलाई, वुल्फवर्ग ६–० ले पराजित, लगातार पाँच पटक उपाधि जित्दै म्युनिखले बनायो नयाँ किर्तिमान

बुण्डेस लिगाको उपाधि बार्यनलाई

काठमाडौं । जर्मन बुण्डेस लिगा फुटबलको उपाधि बार्यन म्युनिखले जितेको छ ।

लिग अन्तर्गत शनिबार राति भएको खेलमा वुल्फबर्गलाई ६–० ले हराउँदै बार्यन म्युनिखले लिगका तीन खेल बाँकी हुँदै उपाधि पक्का गरेको हो ।

कार्लोस एन्सिलोटीको प्रशिक्षणमा रहेको बार्यन म्युनिखले लगातार पाँचौं सिजन बुण्डेस लिगाको उपाधि आफ्नो पक्षमा पार्न सफल भएको हो । लगातार पाँचौं सिजन लिगको उपाधि जित्ने बार्यन पहिलो टिम हो ।

बार्यनको जितमा रोर्बट लेवान्डोस्कीले दुई तथा डेविड अलाबा, आर्जेन रोबिन, थोमस मुलर र जोस किम्मिचले एक एक गोल गरे ।

७८ औं मिनेटमा लुइज गुस्टोभा दोहोरो पहेँलो कार्डखाँदै मैदानबाट बाहिरिएपछि वुल्फबर्ग १० खेलाडीमा सीमित भएको थियो ।

जितपछि उपाधि पक्का गरेको बार्यनको ३१ खेलबाट ६३ अंक भएको छ । राति नै भएको खेलमा बराबरीमा रोकिएको लेइप्जिग ३१ खेलबाट ६३ अंकसहित दोस्रो स्थानमा छ ।

 

Leave a Reply

ताजा समाचार

Test Post Created

२ घन्टा अघि

test123123

११ घन्टा अघि

test123123

११ घन्टा अघि