ला लिगाको उपाधि भिडन्त रोचक मोडमा, बार्सिलोना र रियलको अंक बराबरी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

ला लिगाको उपाधि भिडन्त रोचक मोडमा, बार्सिलोना र रियलको अंक बराबरी

स्पेनिस ला लिगाको उपाधि होड रोमाञ्चक मोडमा, स्पानियोललाई ३–० ले हराउँदै बार्सिलोना शीर्ष स्थानमा, एक खेल कम खेलेको रियल मड्रिडले भ्यालेन्सियालाई २–१ ले हरायो

ला लिगाको उपाधि भिडन्त रोचक मोडमा

काठमाडौं । स्पेनिस ला लिगा फुटबलको उपाधि होड निकै रोमाञ्चक बन्दै गएको छ ।

लिग अन्तर्गत शनिबार राति भएको खेलमा जित निकाल्दै बार्सिलोना शीर्ष स्थानमा कायम रहन सफल भएको छ । उपाधि होडमा बार्सिलोना र रियल मड्रिडले एक अर्कालाई दबाब दिँदै आएका छन् ।

अवे मैदानमा भएको खेलमा बार्सिलोनाले स्पानियोललाई ३–० ले हरायो । बार्सिलोनालाई जिताउन लुइस स्वारेजले दुई तथा इभान रेकिटिकले एक गोल गरे ।

पहिलो हाफमा गोल रहित बराबरीमा रोकिएको बार्सिलोनाले दोस्रो हाफमा तीन गोल ग¥यो । ५० औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । ७६ औं मिनेटमा रेकिटिकले बार्सिलोनाको अग्रता दोब्बर पारे ।

८७ औं मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोना ३–० ले विजयी भयो ।

यता लिग अन्तर्गत शनिबार राति भएको खेलमा भ्यालेन्सियालाई २–१ ले हराउँदै रियल मड्रिडले उपाधि होडमा आफूलाई एक कदम अघि सारेको छ ।

घरेलु मैदानमा भएको खेलमा रियललाई जिताउन क्रिष्टियानो रोनाल्डो र मार्सेलोले गोल गरे । भ्यालेन्सियाका लागि पारेजोले एक गोल फर्काए । २७ औं मिनेटमा रोनाल्डोले गोल गर्दै रियल मड्रिडलाई पहिलो हाफमा १–० को अग्रता दिलाए ।

८२ औं मिनेटमा पारेजोले भ्यालेन्सियाका लागि बराबरी गोल फर्काए । तर त्यसको चार मिनेटपछि मार्सेलोले रियल मड्रिडका लागि विजयी गोल गरे र उपाधि होडमा बलियो बनाए ।

जितपछि दोस्रो स्थानको रियल मड्रिडको ३४ खेलबाट ८१ अंक भएको छ । स्पानियोललाई हराएको शीर्ष स्थानको बार्सिलोनाको पनि ८१ अंक नै छ ।

तर उसले एक खेल बढी खेलेको छ । रियल मड्रिडले अब लिगमा चार खेल खेल्न बाँकी छ । रियल मड्रिडले ग्रनाडा, सेभिल्ला, मालागा तथा सेल्टा डी भिगोसँग खेल्न बाँकी छ ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);