ला लिगामा रयल मड्रिडद्वारा चार अंकको अग्रता, बार्सिलोनाले रियल बेटिससँग १–१ को बराबरीमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

ला लिगामा रयल मड्रिडद्वारा चार अंकको अग्रता, बार्सिलोनाले रियल बेटिससँग १–१ को बराबरीमा

स्पेनिस ला लिगाको शीर्ष स्थानको रियल मड्रिडद्वारा चार अंकको अग्रता कायमै, रियल सोसिडाडलाई ३–० पराजित, बार्सिलोनाले रियल बेटिससँग १–१ को बराबरी खेल्यो

ला लिगामा रयल मड्रिडद्वारा चार अंकको अग्रता

काठमाडौं । स्पेनिस ला लिगाको शीर्ष स्थानको रियल मड्रिडले चार अंकको अग्रता कायम गरेको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिडले रियल सोसिडाडलाई ३–० ले हरायो ।

१० खेलाडीमा सीमित भएको रियल सोसिडाडलाई हराउने क्रममा रियल मड्रिडका लागि माटेओ कोभाकिक, क्रिष्टियानो रोनाल्डो र अल्वारो मोराटाले गोल गरे ।

३८ औं मिनेटमा कोवाकिकले गोल गर्दै पहिलो हाफमा रियल मड्रिडलाई १–० को अग्रता दिलाए । ५१ औं मिनेटमा रोनाल्डोले रियल मड्रिडको अग्रता दोब्बर पारे ।

रोनाल्डोले ला लिगामा यो सिजन १५ खेलमा १३ गोल गरेका छन् । ७४ औं मिनेटमा इनिगो मार्टिनेज दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि रियल सोसिडाड १० खेलाडीमा सीमित भयो ।

८२ औं मिनेटमा मोराटाले गोल गरेपछि रियल मड्रिडले ३–० को जित दर्ता र्गयो । यता स्पेनिस ला लिगामा मै लुइस स्वारेजले अन्तिम समयमा गोल गर्दै बार्सिलोनालाई हारबाट जोगाएका छन् ।

ला लिगा अन्तर्गत आइतबार बेलुका भएको खेलमा बार्सिलोना रियल बेटिससँग १–१ को बराबरीमा रोकिएको हो । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा ७५ औं मिनेटमा एलेग्रिए मोरेनोले गोल गर्दै घरेलु टोली रियल बेटिसलाई १–० को अग्रता दिलाए ।

मोरेनोले गोल गर्नुअघि पनि रियल बेटिसका डानी सेबालोस र रुबेन क्यास्ट्रोले प्रहार गरेको बल पोलमा लागेर फर्किएको थियो ।

८९ औं मिनेटसम्म १–० ले पछि परेको बार्सिलोनाका लागि लुइस स्वारेजले ९० औं मिनेटमा बराबरी गोल फर्काए ।

लियोनल मेस्सीको पासमा स्वारेजले गोल गरेका हुन् । बराबरीपछि बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडसँगको अंक दूरी कम गर्ने मौका त गुमायो तर सेभिल्लालाई पछि पार्दै दोस्रो स्थानमा उक्लिन भने सफल भयो ।

बार्सिलोनाको २० खेलबाट ४२ अंक भएको छ । एक खेल कम खेलेको रियल मड्रिडको ४६ अंक छ । तेस्रो स्थानको सेभिल्लाको पनि बार्सिलोना समान ४२ अंक नै छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);