रियल मड्रिडद्वारा भ्यालेन्सिया ४–१ ले पराजित | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

रियल मड्रिडद्वारा भ्यालेन्सिया ४–१ ले पराजित

एजेन्सी, १४ माघ । स्पेनिस ला–लिगा अन्तर्गत शनिबार रियल मड्रिडले फराकिलो जित हात पारेको छ ।

यो सिजन ला लिगामा खराब प्रदर्शन गर्दै आएको रियल मड्रिडले गएराति भएको खेलमा भ्यालेन्सियालाई ४–१ ले पराजित गरेको छ । रियलले भ्यालेन्सियालाई उसकै मैदानमा पराजित गरेको हो । पराजयका बाबजुद भ्यालेन्सिया ४० अंकसहित तेस्रो स्थानमा छ ।

एक खेल कम खेलेको रियल ३८ अंकसहित चौंथो स्थानमा छ । रियललाई जिताउन क्रिष्टियानो रोनाल्डोले २ गोल गरे । रोनाल्डोले १६ औं र ३८ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे । दोस्रो हाफको ५८ अौं मिनेटमा सान्टी मिनाले गोल गर्दै अग्रता घटाए । तर निर्धारित समयको अन्तिम ६ मिनेटमा रियलले २ गोल थप्यो । मार्सेलोले मार्को एसेन्सियोको पासमा ८४ अौं मिनेटमा गोल गर्दा टोनी क्रुसले अन्तिम मिनेटमा अग्रता बढाए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);