रोनाल्डोको ह्याट्रिकमा रियल विजयी | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

रोनाल्डोको ह्याट्रिकमा रियल विजयी

एजेन्सी, २८ माघ । खराब प्रदर्शनबाट गुज्रिरहेका क्रिस्टियानो रोनाल्डोले लामो समयपछि ला लिगामा ह्याट्रिक गरेका छन् । रोनाल्डोले गएराति भएको रियल सोसिडाडविरुद्धको खेलमा ह्याट्रिक गरे सँगै रियल मड्रिडले रियल सोसिडाडलाई ५–२ ले पराजित गरेको छ ।

रोनाल्डोले खेलको २७, ३७ र ८० औं मिनेटमा गोल गरेर ह्याट्रिक पूरा गरेका हुन् । रोनाल्डोको यो रियल मड्रिडका लागि ३३ औं ह्याट्रिक हो । रियल मड्रिडले खेलको पहिलो मिनेटमा नै अग्रता लिएको थियो । लुकास भाजक्वेजको गोलमा अग्रता लिएको रियलका लागि अर्को गोल ३४ औं मिनेटमा क्रुजले गरे ।

रियल सोसिडाडले खेलको ७४ र ८३ औं मिनेटमा दुई गोल फर्कायो । रियल सोसिडाडविरुद्धको खेलमा जीतसँगै रियल मड्रिड २२ खेलबाट ४२ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ ।

समान खेल खेलका वार्सिलोना ५८ अंकसहित शीर्ष स्थानमा तथा एथ्लेटिको मड्रिड ५२ अंकसहित दोस्रो स्थानमा छन् । एथ्लेटिको मड्रिडले गएराति भएको खेलमा मालागालाई १–० ले पराजित गरेर आफ्नो अंक ५२ पु¥याएको हो । यस्तै गएराति नै भएको अर्को खेलमा पाँचौं स्थानको भिल्लारियल १६ औं स्थानको अलाभेससँग २–१ ले पराजित भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);