बर्षाले प्रभावित नेपाल र युएईबीचको खेल ३४ ओभरमा झारियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बर्षाले प्रभावित नेपाल र युएईबीचको खेल ३४ ओभरमा झारियो

एजेन्सी, २८ माघ । आईसीसी वल्र्ड क्रिकेट लिग डिजिन–टू मा बर्षाको कारण प्रभावित नेपाल र यूएईबीचको खेल ३४ ओभरमा घटाइएको छ । अहिलेको स्थितीमा युएईले  १५ ओवेर खेल्दै ३ विकेट गुमाएर ५४ रन बनाएको छ ।

मैदान ओसिलो भएपछि ढिला गरी सुरु भएको खेलमा नेपाल टस जितेर फिल्डिङ गरिरहेको छ । नेपाल र युएई दुबैमाथि आजको खेल जित्नैपर्ने दबाब छ ।डिभिजन–२ को शीर्ष २ भित्र परेर एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउन दुबै टिमका लागि खेल महत्वपूर्ण छ ।

 पहिलो खेलमा जित निकालेका दुवै देशले दोस्रो खेलमा पराजय व्यहोरेका थिए । पहिलो खेलमा आयोजक नामिबियालाई १ विकेटले पराजित गरेको नेपाल दोस्रो खेलमा ओमानसँग ६ विकेटले पराजित भएको थियो भने पहिलो खेलमा केन्यामाथि २ सय १८ रनको फराकिलो जित दर्ता गरेको युएई दोस्रो खेलमा क्यानडासँग २३ रनले पराजित भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);