नेपालले आज युएईको सामना गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपालले आज युएईको सामना गर्ने

काठमाडौं, २८ माघ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत नेपालले आज युएईको सामना गर्दै छ । खेल नामिबियाको युनाइटेड मैदानमा दिउसो सवा १ बजे सुरु हुनेछ ।

नेपाल र युएई दुवैमाथि आजको खेल जित्नैपर्ने दबाब छ । डिभिजन–२ को शीर्ष २ भित्र परेर एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउन दुवै टिमका लागि खेल महत्वपूर्ण छ । पहिलो खेलमा जित निकालेका दुवै देशले दोस्रो खेलमा पराजय व्यहोरेका थिए ।

पहिलो खेलमा आयोजक नामिबियालाई १ विकेटले पराजित गरेको नेपाल दोस्रो खेलमा ओमानसँग ६ विकेटले पराजित भएको थियो भने पहिलो खेलमा केन्यामाथि २ सय १८ रनको फराकिलो जित दर्ता गरेको युएई दोस्रो खेलमा क्यानडासँग २३ रनले पराजित भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);