त्रिकोणात्मक टी–ट्वान्टी सिरिज : नेपाल नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

त्रिकोणात्मक टी–ट्वान्टी सिरिज : नेपाल नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला अन्तर्गत नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ ।

त्रिवि क्रिकेट मैदानमा नेपाल र नेदरल्यान्ड्सबीचको खेल दिउँसो १ः१५ बजे सुरु हुनेछ ।

लगातार दोस्रो खेलमा शानदार जित निकालेको नेपाल घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा आज नेदरल्यान्ड्समाथि जित निकाल्दै फाइनल पुग्ने लक्ष्यमा छ ।

पहिलो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको नेपालले सोमबार मलेसियालाई पनि ९ विकेटले नै पराजित गरेको थियो ।

डबल लिग राउण्ड रोबिनका बाँकी दुवै खेलमा पराजित भए पनि नेपाल फाइनल पुग्न सक्ने संभावना रहन्छ तर त्यसका लागि मलेसियाले बाँकी दुईमध्ये एक खेलमा पराजित हुनुपर्छ ।

प्रतियोगितामा मलेसियाले खेलेका दुवै खेल हारेको छ भने नेदरल्याण्ड्सले दुई खेलमा जित र एक हारको नतिजा निकालेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);