रोनाल्डोले रियललाई हारबाट जोगाए | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

रोनाल्डोले रियललाई हारबाट जोगाए

ronaldo

एजेन्सी , ६ बैशाख । ला लिगामा रियल मड्रिड हारबाट जोगिएको छ । रियल मड्रिड अंक तालिकामा १३ औं स्थानमा रहेको एथ्लेटिको बिल्बाओसँग आफ्नो घरेलु मैदानमा हारबाट जोगिएको हो ।

एथ्लेटिको बिल्बाओले खेलको सुरुमै रियल मड्रिडविरुद्ध गोल गरेको थियो । विलियम्सले खेलको १४ औं मिनेटमा गोल गरेर रियल मड्रिडलाई स्तब्ध तुल्याएका थिए । १–० ले पछि परेको रियल मड्रिडले बराबरी गोल फर्काउन धेरै प्रयास गर्‍यो । तर एथ्लेटिको बिल्बाओका गोलकिपरले ती प्रयास असफल पारिदिए ।

रियल मड्रिड हारतर्फ उन्मुख भइरहेको अवस्थामा खेल सकिन केही मिनेट बाँकी छँदा क्रिस्टियानो रोनाल्डोले आफ्नो टीमलाई हारबाट जोगाए । रोनाल्डोले खेलको ८७ औं मिनेटमा बराबरी गोल फर्काएका हुन् । बराबरीसँगै रियल मड्रिडको ३३ खेलबाट ६८ अंक भएको छ ।

गएराति नै भएको अर्को खेलमा चौंथो स्थानको भ्यालेन्सिया गेटाफेसँग २–१ ले पराजित भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);