रियल मड्रिडकाे लागि शीर्ष स्थानमा उक्लिन माैका चुक्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

रियल मड्रिडकाे लागि शीर्ष स्थानमा उक्लिन माैका चुक्यो

एजेन्सी । स्पेनिस ला लिगा फुटबलको आइतबार राति भएको खेलमा रियल मड्रिडले शीर्ष स्थानमा उक्लिन माैका गुमाएकाे छ ।

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड र सेभिल्ला बराबरी खेलेका थिए । आइतबार राति भएको खेलमा रियलले चौथो स्थानको सेभियासँग २-२ गोलको बराबरी खेलेको हो। 

७८ मिनेटमा राकिटिकले पेनाल्टीबाट गोल गरेपछि सेभिया २-१ गोलले अघि रहेको थियो।

दोस्रो हाफको इन्जुरी समयको चौथो मिनेटमा इडन हजार्डले बराबरी गोल गरि रियल मड्रिडलाई हारबाट जोगाउन सफल भए । यो नतिजापछि रियल ७५ अंकमा दोस्रो स्थानमा रह्यो । एथ्लेटिको मड्रिड भने ३५ खेलबाट ७७ अंकमा शीर्ष स्थानमा रहेको छ । चौथो स्थानको सेभिल्लाको ७१ अंक छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);