प्रिमियर लिगमा युनाईटेडकाे पुनरागमन जित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रिमियर लिगमा युनाईटेडकाे पुनरागमन जित

एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले पुनरागमन जित निकालेको छ ।

आइतबार राति भएको खेलमा युनाईटेडले १० खेलाडीमा सिमित एस्टन भिल्लालाई ३–१ गोल अन्तरले पराजित गरेको हो । युनाईटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेस, मासन ग्रीनउड र एडिन्सन काभानीले एक÷एक गोल गरे ।

खेलमा सुरुवाती अग्रता भने एस्टन भिल्लाले २४ औं मिनेटमा बेर्ट्रान्ड ट्राओरेको गोलबाट बनाएको थियो । तर, दोस्रो हाफमा युनाईटेड खेलमा फर्कियो । खेलको ५२ औं मिनेटमा फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै युनाईटेडलाई १–१ गोलको बराबरीमा ल्याए ।

खेलको ५६ औं मिनेटमा ग्रीनउडले गोल गर्दै युनाईटेडलाई २–१ को अग्रता दिलाए । त्यसपछि खेलको ८७ औं मिनेटमा काभानीले गोल गर्दै युनाईटेडलाई ३–१ को जित दिलाए ।

यस्तै ८९ औं मिनेटमा ओली वाट्कीन्सले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि एस्टन १० खेलाडीमा समेटिएको थियो । जितसँगै युनाईटेडले ३४ खेलमा ७० अंक जोडेको छ ।

युनाईटेड दोस्रो स्थानमा यथावत रहेको छ भने एस्टन ४८ अंक जोडेर ११ औं स्थानमा रहेको छ । प्रिमियर लिग अन्तर्गत नै गएराति सम्पन्न अर्को खेलमा उल्भ्सले ब्राइटनलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);