'सिरी ए' मा इन्टर मिलानको सहज जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

‘सिरी ए’ मा इन्टर मिलानको सहज जित

एजेन्सी । इटालियन सिरी ’ए’ फुटबलमा इन्टर मिलानले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा इन्टरले साम्पडोरियालाई ५–१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा इन्टरलाई जित दिलाउन एलेक्सिस सान्चेजले दुई गोल गरे । यस्तै लाउटरो मार्टिनेज, रोबर्टो गाग्लियार्दिनी र आन्द्रे पिनामोन्टीले एक एक गोल गरे । साम्पडोरियाका केइटा ब्लेडले एक गोल फर्काए ।

खेलको चौंथो मिनेटमा रोबर्टोले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । २६ औं मिनेटमा सान्चेजले गोल गर्दै इन्टरको अग्रता दोब्बर बनाए । खेलको ३५ औं मिनेटमा केइटाले गोल गर्दै साम्पडोरियालाई २–१ को स्थितिमा ल्याए ।

खेलको ३६ औं मिनेटमा सान्चेजले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३–१ को अग्रता दिलाए । ६२ औं मिनेटमा आन्द्रेले गोल गर्दा इन्टरको अग्रता ४–१ को बन्यो । त्यसपछि खेलको ७० औं मिनेटमा मार्टिनेजले पेनाल्टीमा गोल गर्दै इन्टरलाई ५–१ को सानदार जित दिलाए ।

जितसँगै शीर्ष स्थानको इन्टरले ३५ खेलमा ८५ अंक जोडेको छ । इन्टरले लिगको उपाधि भने यसअघि नै जितिसकेको छ भने साम्पडोरिया ४५ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);