इटालियन सिरी ए फुटबलमा इन्टर मिलानकाे सहज जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

इटालियन सिरी ए फुटबलमा इन्टर मिलानकाे सहज जित

एजेन्सी,११ साउन । इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा जिनोआलाई ३–० गोल अन्तरले पराजित गर्दै मिलानले जित निकालेको हो ।

जिनोआको मैदानमा इन्टरलाई जित दिलाउन रोमेरो लुकाकुले दुई गोल गरे । यस्तै एलेक्सिस सान्चेजले एक गोल थपे । पहिलो हाफको ३४ औं मिनेटमा लुकाकुले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए ।

खेलको ८३ औं मिनेटमा सान्चेजले गोल गर्दै इन्टरलाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई ३–० को सहज जित दिलाए । घरेलु टोलीलाई हराएसँगै इन्टर लिगको दोस्रो स्थानमा समेत उक्लिएको छ ।

जितपछि इन्टरले ३६ खेलमा ७६ अंक जोडेको छ । एटलान्टालाई १ अंकले पछि पार्दै इन्टर दोस्रो स्थानमा उक्लिएको हो जिनोआ ३६ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);