इन्टरसँग क्रोटोन २–० गोल अन्तरले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

इन्टरसँग क्रोटोन २–० गोल अन्तरले पराजित

एजेन्सी । इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले जित निकालेको छ ।

शनिबार राति क्रोटोनको मैदानमा भएको खेलमा इन्टरले क्रोटोनलाई २–० गोल अन्तरले पराजित गरेको हो । इन्टरलाई जित दिलाउन क्रिस्टियन एरिक्सन र आच्रफ हाकिमीले एक÷एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६९ औं मिनेटमा एरिक्सनले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको इन्जुरी समयमा हाकिमीले गोल गर्दै इन्टरलाई २–० को जित दिलाए ।

जितसँगै इन्टर ३४ खेलमा ८२ अंक जोड्दै सिरी ए को उपाधि नजिक पुगेको छ भने क्रोटोन १८ अंक सहित तालिकाको पुछारमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);