आईपीएलमा साविक विजेता मुम्बई इन्डियन्ससँग चेन्नई ४ विकेटले पराजित | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

आईपीएलमा साविक विजेता मुम्बई इन्डियन्ससँग चेन्नई ४ विकेटले पराजित

एजेन्सी । ईन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्सले रोमान्चक जित निकालेको छ ।

दिल्लीमा शनिबार राति भएको रोमान्चक खेलमा मुम्बईले चेन्नई सुपर किङ्सलाई ४ विकेटले पराजित गरेको हो । चेन्नईले दिएको २ सय १९ रनको लक्ष्य मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो । मुम्बईको जितमा केइरोन पोलार्डले अविजित रहदै ८७ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै क्विनटन डी ककले ३८, कप्तान रोहित शर्माले ३५, कुर्नाल पाण्डेयले ३२ र हार्दिक पाण्डयले १६ रन जोडे । चेन्नईका साम कुरानले ३ विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर २ सय १८ रन बनाएको थियो ।

चेन्नईका लागि अम्बाती रायडु, फाप डु प्लेसिस र मोइन अलीले अर्धशतकीय इनिङ्स खेले । अविजित रहेका रायडुले ७२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै अलीले ५८ रनको इनिङ्स खेल्दा प्लेसिसले ५० रन बनाए । रविन्द्र जडेजा २२ रनमा अविजित रहे । मुम्बईका केइरन पोलार्डले २ विकेट लिए ।

ट्रेन्ट बोल्ट र जस्प्रित बुम्राहले १/१ विकेट लिए ।

जितसँगै ७ खेलमा ८ अंक जोड्दै मुम्बई तालिकाको चौंथो स्थानमा रहेको छ भने चेन्नईले ७ खेलमा १० अंक जोड्दै चेन्नई शीर्ष स्थानमा यथावत रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);