आईपीएल टी–ट्वान्टीः राजस्थान रोयल्ससँग ८ विकेटले मुम्बई इन्डियन्स पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आईपीएल टी–ट्वान्टीः राजस्थान रोयल्ससँग ८ विकेटले मुम्बई इन्डियन्स पराजित

एजेन्सी, १० कार्तिक । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले साविक विजेता मुम्बई इन्डियन्सलाई पराजित गरेको छ ।

अबुधाबीस्थित शेख जायद क्रिकेट मैदानमा आइतबार राति भएको खेलमा राजस्थानले मुम्बईमाथि ८ विकेटको जित निकालेको हो ।

मुम्बईले दिएको १ सय ९६ रनको लक्ष्य राजस्थानले १८ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । राजस्थानको जितमा बेन स्टोक्सले अविजित रहदै १ सय ७ रनको शतकीय इनिङ्स खेले । यस्तै सन्जु सामसनले अविजित ५४ रनको अर्धशतकीय इनिङ्स खेले । राजस्थानका रोबिन उथप्पाले १३ तथा कप्तान स्टिभ स्मिथले ११ रन बनाए ।

मुम्बईका जेम्स पाटिनसनले २ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो । मुम्बईको उच्च स्कोरका लागि हार्दिक पाण्डयले अविजित रहदै ६० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै सूर्यकुमार यादबले ४०, इशान किशनले ३७, सौरभ तिवारीले ३४, क्विनटन डी कक र कप्तान केइरन पोलार्ड समान ६/६ रन बनाएर आउट भए । राजस्थानका श्रेयस गोपाल र जोफ्रा आर्चरले २/२ विकेट लिए । कार्तिक त्यागीले १ विकेट लिए ।

जितसँगै राजस्थानले १२ खेलमा १० अंक जोड्दै तालिकाको छैटौं स्थानमा उक्लिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);