म्याड्रिडसँग पराजित भएपछि बार्सिलोनाका म्यानेजर कोम्यानको आक्रोश | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

म्याड्रिडसँग पराजित भएपछि बार्सिलोनाका म्यानेजर कोम्यानको आक्रोश

एजेन्सी, ९ कार्तिक । स्पेनी राष्ट्रिय लिग फुटबल ला लिगा अन्तर्गत सिजनको पहिलो एल क्लासिकोमा रियल म्याड्रिडसँग पराजित भएपछि बार्सिलोनाका म्यानेजर रोनाल्ड कोम्यानले भिडियो एसिस्टेन्ट रेफ्री भीएआर माथि आक्रोश पोखेका छन् ।

भीएआरको मद्दतले रियलले पाएको पेनाल्टी शनिबारको खेलमा निर्णायक बन्न पुगेको थियो । खेलमा आक्रोश पोख्दै उनले भीएआरको प्रयोग सधैँ बार्सिलोनाबिरुद्ध निर्णय गर्न प्रयोग गरिएको आरोप लगाएका हुन् ।

ल १–१ को बराबरीमा रहेको बेला दोस्रो हाफमा भीएआरले रियललाई पेनाल्टी दिएको थियो । क्लेमेन्ट लेङ्लेटले रियलका कप्तान सर्जियो रामोशको सर्ट तानेको भन्दै पेनाल्टी दिइएको थियो ।

रामोशले उक्त पेनाल्टीलाई सजिलै गोलमा परिणत गरेका थिए । यहिखेलमा भीएआरले बार्सिलोनाको दुईवटा पेनाल्टी अपिललाई अस्वीकार गरेको थियो । पहिलो राफेल भारानले कप्तान लियोनेल मेस्सीलाई गरेको फल र दोस्रो भरानकै ह्यान्डबल ।

कोम्यानले भीएआरलाई बुझ्न नसकेको यो प्राय बार्सिलोना विरुद्ध मात्र प्रयोग हुने भन्दै आक्रोश पोखेका हुन । यो सिजनका ५ खेलबाट बार्सिलोनाले सात अंकमात्र बटेले लिगको १२ औँ स्थानमा सिमित रहेको छ ।
०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);