इंग्ल्याण्ड र स्विडेन विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

इंग्ल्याण्ड र स्विडेन विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश

england n swiden

काठमाडौं, २० असार । इंग्ल्याण्ड र स्विडेन विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

गएराति भएको खेलमा इंग्ल्याण्डले कोलम्बियालाई ट्राइब्रेकरमा पराजित गर्यो भने स्विडेनले स्विट्जरल्याण्डलाई १–० गोल अन्तरले पराजित गरेको हो । कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै इंग्ल्याण्ड विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको हो । खेलमा इंग्ल्याण्डका गोलकिपर जोर्डन पिकफोर्डले कोलम्बियाका खेलाडी कार्लोस बाकाको प्रहार बचाएका थिए भने मेटस उरिबेको प्रहार पोलमा ठोक्किएको थियो ।

इंग्ल्याण्डका जोर्डन हेण्डरसनको प्रहार भने कोलम्बियाका गोलकिपर डेविड ओस्पिनाले बचाएका थिए । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ भने गोलरहित बराबरीमा सकिएको थियो । खेलमा अग्रता भने ५७ औं मिनेटमा इंग्ल्याण्डले पेनाल्टी गोलमार्फत लिएको थियो । कप्तान ह्यारी केनलाई डीएरियाभित्र लडाएपछि पाएको पेनाल्टीमा ह्यारी केनले नै गोल गरे । यो सँगै उनले चालु विश्वकपमा आफ्नो ब्यक्तिगत गोलसंख्या ६ पुर्याएर गोल्डेन बुटमा दौडमा सबैभन्दा अघि छन् ।

तर दुई मिनेट सम्हालिन नसक्दा इंग्ल्याण्डले खेल जित्न थप ३० मिनेट खेलेर पेनाल्टी सुटआउटसम्म पुग्नुपर्यो । खेलको ९३ औं मिनेटमा कोलम्बियाका यारी मिनाले गोल फर्काउँदै खेल बराबरीमा ल्याएका थिए । कर्नरबाट आएको पासमा उनले हेडमार्फत सुन्दर गोल गरे । त्यसपछि थपिएको आधाघण्टा समयमा दुबै टिमले गोल गर्न नसकेपछि पेनाल्टी सुटआउटबाट हार जित छुट्याइएको हो ।

यस्तै स्वीट्जरल्याण्डलाई हराउँदै स्वीडेन २४ वर्षपछि पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ । मंगलबार भएको निकै प्रतिस्पर्धात्मक खेलमा स्वीडेनले स्वीट्जरल्याण्डलाई १–० ले हराएको हो । १२ औं पटक विश्वकप खेलिरहेको स्वीडेन सन् १९९४ मा तेस्रो भएपछि क्वार्टरफाइनलमा पनि पुगेको थिएन । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ६६ औं मिनेटमा इमिल फोर्सबर्गको गोलबाट अग्रता लिएको स्वीडेनले त्यसपछि लगातार डिफेन्सिभ खेल खेल्यो ।

बराबरी गोल फर्काउने स्वीट्जरल्याण्डको थुप्रै प्रयासमा स्वीडेनका गोलकिपर बाधक बने । इन्जुरी टाइम नाटकीय रहृयो । काउन्टर अट्याकमा भूम बनाएका मार्टिन ओल्सनलाई फउल गरेको भन्दै रेफ्रीले पेनाल्टी दिनुका साथै स्वीट्जरल्याण्डका लङ्गलाई रातो कार्ड पनि देखाए । तर, भीएआर रिभ्यूले स्वीडेनको पेनाल्टी खोसियो र फ्रि किक मात्र दिइयो । इन्जुरी टाइमको अन्तिम मिनेटको फ्रि किकमा गोल नभएपनि स्वीडेन विजयी भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);