विश्वकप फुटबलमा आजबाट प्री-क्वाटरफाइनका खेल सकिँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

विश्वकप फुटबलमा आजबाट प्री-क्वाटरफाइनका खेल सकिँदै

अन्तिम दुई खेलमा स्वीडेन र स्वीजरल्याण्ड तथा कोलम्बिया र इंग्ल्याण्ड भिड्दै

काठमाडौं, १९ असार । विश्वकप फुटबलमा आजबाट प्रि–क्वाटरफाईनलका खेल सकिँदै छ । प्रि–क्वाटरफाइनलका अन्तिम दुई खेलमा आज राति ७ः४५ बजे स्विडेन र स्विट्जरल्याण्ड तथा राति ११ः४५ कोलम्बिया र इंल्याण्डबीच प्रतिष्पर्धा हुँदैछ ।

यी दुई खेल सकिएसँगै रुसमा जारी विश्वकपको क्वाटरफाईनल समीकरण पूरा हुनेछ । विश्वकपको समुह ’एफ’ मा रहेको स्विडेन समुह विजेताको रुपमा अन्तिम १६ मा पुगेको हो । समुह चरणको पहिलो खेलमा दक्षिण कोरियालाई हराएको स्विडेन दोस्रो खेलमा जर्मनीसँग पराजित भएको थियो ।

तेस्रो तथा अन्तिम खेलमा मेक्सिकोलाई हराउँदै स्विडेन समुहका तीन खेलबाट ६ अंक जोड्दै नक आउट चरणमा उक्लिएको थियो । उता समुह ’ई’ मा रहेको स्विट्जरल्याण्ड समुह उपपिवजेता बन्दै अन्तिम १६ मा पुगेको थियो ।

पहिलो खेलमा ब्राजिलसँग बराबरी खेलेको स्विट्जरल्याण्डले दोस्रो खेलमा सर्वियालाई हरायो भने अन्तिम खेलमा कोष्टारिकासँग बराबरी खेलेको थियो ।

आजै राति ११ः४५ बजे इङ्ल्यान्ड र कोलम्बिया भिड्नेछन् । यो खेल रुसी राजधानी मस्कोस्थित स्पार्टाक एरिनामा हुनेछ । समूह ’जी’ मा रहेको इङ्ल्यान्ड उपविजेताको रुपमा अन्तिम १६ मा पुगेको हो । पहिलो खेलमा ट्युनिसियालाई हराएको इङ्ल्यान्डले दोस्रो खेलमा पानामालाई पराजित गरेको थियो ।

अन्तिम खेलमा बेल्जियमसँग १–० ले पराजित भएपछि ६ अंकसहित समूह उपविजेताको रुपमा इङ्ल्यान्ड अन्तिम १६ मा पुगेको हो ।

उता, लेटिन अमेरिकी मुलुक कोलम्बिया समुह ’एच’ को विजेता बन्दै अन्तिम १६ मा पुगेको थियो । समुह चरणको पहिलो खेलमा जापानसँग हारेको कोलम्बियाले यसपछि पोल्याण्ड र सेनेगललाई पराजित गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);