प्री–क्वाटरफाइनलको खेलमा मेक्सिको र ब्राजिलबीच प्रतिष्पर्धा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्री–क्वाटरफाइनलको खेलमा मेक्सिको र ब्राजिलबीच प्रतिष्पर्धा

काठमाडौं, १८ असार । विश्वकप फुटबल अन्तर्गत प्री–क्वाटरफाइनलको खेलमा आज मेक्सिकोले पाँच पटकको विश्वविजेता ब्राजिलसँग प्रतिष्पर्धा गरिरहेको छ ।

दुई खेलमा विजयी र १ खेल बराबरी खेल्दै समुह समुह ’इ’ को विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको ब्राजिल मेक्सिकोलाई पाखा लगाउँदै अघिल्लो चरण प्रवेश गर्ने दाउमा छ । समुह चरणको खेलमा स्विट्जरल्यान्डसँग १–१ गोलको बरारीमा रोकिएको ब्राजिलले कोस्टारिका र सर्वियालाई पराजित गरेको थियो ।

पहिलो खेलमा साबिक विजेता जर्मनीलाई १–० र दोस्रो खेलमा कोरियालाई २–१ ले हराएको मेक्सिको स्वीडेनसँग ३–१ ले पराजित भएको थियो । गत संस्करणको विश्वकपमा ब्राजिलले पेनाल्टी सुटआउटमा मेक्सिकोलाई पराजित गरेको थियो।

ब्राजिल र मेक्सिकोबीच विश्वकपमा अहिलेसम्म ४ खेल ३ खेलमा ब्राजिल विजयी भएको छ भने एक खेल बराबरीमा सकिएको छ । ४ खेलमा ब्राजिलले ११ गोल गर्दा अहिलेसम्म गोल खाएको छैन ।

त्यस्तै आज राति बेल्जियम र नकआउट चरणमा पुगेको एक्लो एसियन टिम जापानबीच प्रतिस्पर्धा हुँदैछ । रसियाको रोस्टोफ एरेनामा हुने खेलमा जित हात पार्दै तेस्रोपटक विश्वकपको क्वार्टरफाइनलमा पुग्ने लक्ष्यमा बेल्जियम छ ।

यसअघि बेल्जियम सन् २०१४ मा र १९८६ को विश्वकपमा क्वार्टरफाइनलमा पुगेको थियो । अर्कोतर्फ बेल्जियम विश्वकपमा लगातार ४ खेलमा जित निकाल्ने आफ्नो पुरोना रेकर्ड बराबरी गर्ने अभियानमा छ । जापानले ’फेयर प्ले’ मा सेनेगललाई पछि पार्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);