विश्वकप फुटबल अन्तर्गत क्वाटरफाइनलका खेल आज सुरु हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

विश्वकप फुटबल अन्तर्गत क्वाटरफाइनलका खेल आज सुरु हुँदै

fifa worldcup

काठमाडौं, २२ असार । विश्वकप फुटबल अन्तर्गत क्वाटरफाइनलका खेल आज सुरु हुँदै छन् ।

पहिलो खेलमा दुई पटकको विश्व विजेता उरुग्वेले एक पटकको विश्व विजेता फ्रान्ससँग खेल्दै छ । खेल नेपाली समय अनुसार राति ७ः४५ बजे हुने छ । यसअघि उरुग्वे र फ्रान्सबीच विश्वकपमा तीन पटक खेल भएका छन् । तीनमध्ये दुई खेलमा बराबरी भएकामा एक खेल उरुग्वेले जितेको इतिहास छ । सन् १९६६ को विश्वकपमा उरुग्वे फ्रान्सविरुद्ध २–१ ले विजयी भएको थियो ।

जारी विश्वकपमा उरुग्वे अपराजित छ । समूह चरणमा अष्ट्रेलियासँग बराबरी खेलेको फ्रान्सले प्रिक्वार्टरफाइनलमा विश्वकपको दाबेदार मानिएको अर्जेन्टिनालाई ४–३ गोल अन्तरले पराजित गरेको थियो । आजै राति पाँच पटकको विश्वविजेता ब्राजिलले बेल्जियमको सामना गर्दै छ । जारी विश्वकपमा ब्राजिल र बेल्जियम दुवै अपराजित छन् । समूह चरणमा ब्राजिलले स्वीजरल्याण्डसँग बराबरी खेलेकामा बेल्जियमले सबै खेल जितेको छ ।

बेल्जियम यसअघिको ब्राजिल विश्वकपमा क्वार्टरफाइनलबाट वाहिरिएकामा ब्राजिल जर्मनीसँग पराजित भएको थियो । ब्राजिल र बेल्जियमबीच अहिलेसम्म चार खेल भएकामा पछिल्ला तीन खेलमा ब्राजिलले जितेको इतिहास छ । अन्तिमपल्ट सन् २००२ मा भएको विश्वकपमा ब्राजिलले जित निकालेको थियो । बेल्जियमले भने सन् १९६३ मा ब्राजिललाई ५–१ गोलअन्तरले पराजित गरेको थियो । यी दुई टीमबीचको खेल राति ११ः४५ बजे हुने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);