बेल्जियम ब्राजिललाई पराजित गरी विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बेल्जियम ब्राजिललाई पराजित गरी विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश

brazil n belgium

काठमाडौं, २३ असार । बेल्जियम पाँच पटकको विश्वविजेता ब्राजिललाई पराजित गरी विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

रुसमा जारी विश्वकपअन्र्तगत गएराति भएको खेलमा केभिन डि ब्रुयनको उत्कृष्ट प्रदर्शनको मद्दतमा ब्राजिललाई २–१ गोलअन्तरले पराजित गरी बेल्जियम ३२ वर्षपछि विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो । बेल्जियमले फाइनल प्रवेशका लागि सेमिफाइनलमा फ्रान्सको सामना गर्ने छ । बेल्जियमको जितमा खेलको सुरुमै ब्राजिलले आत्मघाती गोल उपहार दियो ।

नेसर चार्डीको कर्नरमा फर्नान्डिन्होेले आत्मघाती गोल गरे । एक गोलले अग्रता लिएको बेल्जियमका लागि केभिन डि ब्रुयनले ३१ औं मिनेटमा अग्रता दोब्बर पारे । उनले काउन्टर अट्याकमा रोमेलु लुकाकुले दिएको पासमा डि बक्स बाहिरबाट ब्राजिलका रक्षापंक्तिका खेलाडीलाई कुनै मौका नदिइ उत्कृष्ट गोल गरे । ब्राजिलले गोल फर्काउन लामो समय पर्खनुपर्यो ।

काउटिन्होको पासमा रेनाटो अगुस्टाले ७६ औं मिनेटमा हेडमार्फत गोल गरी ब्राजिलको आशा जीवित पारे । तर त्यसपछिको बाँकी समयमा गोल फर्काउन नसक्दा ब्राजिल घर फर्कन वाध्य भयो । खेलमा ब्राजिलका खेलाडीले गरेका केही उत्कृष्ट प्रहारलाई बेल्जियमका गोलकिपरले विफल पारिदिएका थिए ।

गएराति नै भएको अर्को खेलमा उरुग्वेलाई २–० गोलअन्तरले पराजित गरी फ्रान्स पनि सेमिफाइनलमा प्रवेश गरेको छ । फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको यो छैटौं पटक हो । फ्रान्सको जितमा राफेल भराने र एन्टोनी ग्रिजम्यानले एक एक गोल गरे । भरानेले ४० औं मिनेटमा गोल गरेकामा ग्रिजम्यानले ६१ औं मिनेटमा अग्रता दोब्बर पारे । उरुग्वे आफ्ना भरपर्दा स्ट्राइकर इडिसन काभानी विना मैदान उत्रिएको थियो । विश्वकपअन्तर्गत आज इङ्ल्याण्ड र स्वीडेनबीच राति ७ः४५ तथा आयोजक रुस र क्रोएसियाबीच राति ११ः४५ बज खेल हुने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);