ब्राजिल र पेरु कोपा अमेरिका फुटबलको सेमिफाईनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

ब्राजिल र पेरु कोपा अमेरिका फुटबलको सेमिफाईनलमा प्रवेश

एजन्सी । ब्राजिल र पेरु कोपा अमेरिका फुटबलको सेमिफाईनलमा प्रवेश गरेका छन् ।

शनिबार बिहान क्वार्टरफाईनलको खेलमा चिलीलाई १–० गोल अन्तरले हराउँदै ब्राजिलले अन्तिम चारमा स्थान पक्का गरेको हो । ब्राजिललाई जित दिलाउन लुकास पाक्केटाले विजयी गोल गरे ।

दोस्रो हाफको पहिलो मिनेटमा लुकासले गरेको गोल ब्राजिललाई सेमिफाईनल पुर्याउन पर्याप्त बन्यो । खेलको ५० औं मिनेटमा ग्याब्रियल जिसस रातो कार्ड खादै मैदान बाहिरिएपछि ब्राजिल १० खेलाडीमा सिमित बनेको थियो ।

यसअघि पहिलो क्वार्टरफाईनलमा पाराग्वेलाई पेनाल्टीमा हराउदै पेरुले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । निर्धारित समयको खेल ३–३ गोलको बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरमा गरिएको थियो । जसमा पेरु ४–३ ले विजयी भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);