ब्राजिलसँग पेरु ४–० गोल अन्तरले पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

ब्राजिलसँग पेरु ४–० गोल अन्तरले पराजित

एजेन्सी । कोपा अमेरिका फुटबलमा आयोजक ब्राजिलले लगातार दोस्रो जित निकालेको छ ।

आज बिहान ओलम्पिक निल्टन सान्तोस स्टेडियममा भएको खेलमा पेरुलाई ४–० गोल अन्तरले पराजित गर्दै ब्राजिलले लगातार दोस्रो जित दर्ता गरेको हो ।

ब्राजिललाई जित दिलाउन एलेक्स सान्ड्रो, नेयमार, एभर्टन रिबेरो र रिचार्लीसनले एक एक गोल गरे । खेलको १२ औं मिनेटमा एलेक्सले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ६८ औं मिनेटमा नेयमारले गोल गर्दै ब्राजिललाई २–० को अग्रता दिलाए । त्यसपछि ८९ औं मिनेटमा एभर्टनले गोल गर्दा ब्राजिलले ३–० को अग्रता बनायो भने इन्जुरी समयमा रिचार्लीसनले गोल गर्दै ब्राजिललाई ४–० को सानदार जित दिलाए ।

जितसँगै समूह ’बी’ मा रहेका ब्राजिलले २ खेलमा ६ अंक जोड्दै समूहको शीर्ष स्थानमा रहेको छ । पराजित पेरु समूहको पुछारमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);