नेदरल्यान्ड्ससँग अष्ट्रिया २–० गोल अन्तरले पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

नेदरल्यान्ड्ससँग अष्ट्रिया २–० गोल अन्तरले पराजित

एजेन्सी । नेदरल्यान्ड्सले १६ औं संस्करणको युरोकप फुटबलमा लगातार दोस्रो जित निकालेको छ ।

बिहीबार राति जोहन क्रुफ एरिनामा भएको खेलमा अष्ट्रियालाई २–० गोल अन्तरले पराजित गर्दै नेदरल्यान्ड्सले लगातार दोस्रो जित निकालेको हो ।

नेदरल्यान्ड्सलाई जित दिलाउन मेम्फिस डिपे र डेन्जल डम्फ्रिइजले एक एक गोल गरे । खेलको ११ औं मिनेटमा डिपेले पेनाल्टीबाट गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ६७ औं मिनेटमा मालेनको पासमा डेन्जलले गोल गर्दै नेदरल्यान्ड्सलाई २–० को जित दिलाए । जितसँगै समूह ’सी’ मा रहेको नेदरल्यान्ड्सले २ खेलमा ६ अंक जोड्दै अन्तिम १६ मा प्रवेश गरेको छ ।

नेदरल्यान्ड्सले पहिलो खेलमा युक्रेनलाई ३–२ ले हराएको थियो । यता अष्ट्रियाको भने यो पहिलो हार हो । पहिलो खेलमा अष्ट्रियाले नर्थ म्यासेडोनियालाई ३–१ गोल अन्तरले पराजित गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);