टर्कीसँग नर्वे ३–० गोल अन्तरले पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

टर्कीसँग नर्वे ३–० गोल अन्तरले पराजित

एजेन्सी, १५ चैत। फिफा विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटमा टर्कीले लगातार दोस्रो जित निकालेको छ ।

छनौट अन्तर्गत शनिबार राति सम्पन्न खेलमा १० खेलाडीमा सिमित नर्वेलाई ३–० गोल अन्तरले पराजित गर्दै टर्कीले दोस्रो जित निकालेको हो ।

टर्कीलाई जित दिलाउन ओजन तुफानले दुई गोल गरे भने काग्लर सोयुन्चुको नाममा एक गोल रह्यो । खेलको चौंथो मिनेटमा तुफानले गोल गर्दै टिमलाई १–० को अग्रता दिलाएका थिए । खेलको २८ औं मिनेटमा काग्लरले गोल गर्दै टिमको अग्रता २–० को बनाए । त्यसपछि खेलको ५९ औं मिनेटमा तुफानले व्यक्तिगत दोस्रो गोल गर्दै टर्कीलाई ३–० को जित दिलाए ।

यस्तै खेलको ७९ औं मिनेटमा क्रिस्टियनले रातो कार्ड पाएपछि नर्वे १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै समूह जीको टर्कीले २ खेलमा ६ अंक जोड्दै समूहको शीर्ष स्थानमा रहेको छ ।

नर्वेको भने यो पहिलो हार हो । नर्वे २ खेलमा ३ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);