बंगलादेशविरुद्धको पहिलो टी–२० क्रिकेटमा न्यूजिल्याण्डको जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

बंगलादेशविरुद्धको पहिलो टी–२० क्रिकेटमा न्यूजिल्याण्डको जित

एजेन्सी, १५ चैत । बंगलादेशविरुद्धको पहिलो टी–ट्वान्टी क्रिकेट घरेलु टोली न्युजिल्याण्डले जित निकालेको छ । न्युजिल्याण्डको ह्यामिल्टनमा आइतबार भएको खेलमा न्यूजिल्याण्डले बंगलादेशलाई ६६ रनले पराजित गरेको हो ।

न्युजिल्याण्डले दिएको २ सय ११ रनको लक्ष्य पछ्याएको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४४ रन मात्र बनाउन सक्यो । बंगलादेशका लागि अफिफ होसेनले सर्वाधिक ४५ र मोहमद साइफुदीनले अविजित ३४ रन बनाए । न्युजिल्याण्डका इश सोधीले ४ र लक्की फर्गुसनले २ विकेट लिए ।

यो खेलमा पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ३ विकेट गुमाएर २ सय १० रन बनाएको थियो । न्युजिल्याण्डका लागि डेभोन कोनवेले अविजित ९२,विल योङले ५३ र मार्टिन गुप्टिलले ३५रन बनाए ।

बंगलादेशका नासुम अहमेदले २ र मेहदी हसनले १ विकेट लिए । जितसँगै न्युजिल्याण्डले ३ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);