बंगलादेशविरुद्धको दोस्रो एकदिवसिय क्रिकेटमा न्यूजिल्याण्ड विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बंगलादेशविरुद्धको दोस्रो एकदिवसिय क्रिकेटमा न्यूजिल्याण्ड विजयी

काठमाडाैं, १० चैत । बंगलादेशविरुद्धको दोस्रो एकदिवसिय क्रिकेटमा न्यूजिल्याण्ड ५ विकेटले विजयी भएको छ ।

न्यूजिल्याण्डको क्राइस्टचर्चमा टोम लाथमको शतकसंगै घरेलु टोलीले ५ विकेटको जित दर्ता गरेर तीन खेलको श्रृखलामा पनि कब्जा गरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले ५० ओभरमा ६ विकेट गुमाउँदै दुई सय ७१ रन बनाएको थियो ।

बंगलादेशका कप्तान तमिम इक्बाललले ७८ रन मोहम्मद मिथुनले ७३ सौम्य सरकारले ३२ र मुस्फिकुर रहिमले ३४ रन बनाए । न्युजिल्याण्डका मिचेल स्यान्टरले २ विकेट लिए । जवाफमा कप्तान टोम लाथमको अविजित १ सय १० र डेभोन कनवेको २७ रनसँगै न्युजिल्याण्डले ४८ दशमलव २ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य पुरा गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);