श्रीलंकाविरुद्धको दोस्रो टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा भारत विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

श्रीलंकाविरुद्धको दोस्रो टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा भारत विजयी

india-pakisthan

एजेन्सी, २३ पुस ।  श्रीलंकाविरुद्धको दोस्रो टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा भारत विजयी भएको छ ।

इन्डोरले मंगलबार भारतले श्रीलंकालाई ७ विकेटले हराएको हो । जितसँगै भारतले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । श्रीलंकाले दिएको १ सय ४३ रनको लक्ष्य भारतले १७ ओभर ३ बलमा ३ विकेट गुमाएर पुरा गर्यो । भारतको लागि लोकेश राहुलले ४५ रन बनाए । यस्तै श्रेयस आयरले ३४ रन जोड्दा शिखर धवनले ३२ रन बनाए ।

कप्तान विराट कोहली २४ रनमा अविजित रहे । श्रीलंकाका वाविन्दु हसरंगाले २ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो। श्रीलंकाका कुशल परेराले ३४ रन बनाए। अभिस्का फर्नान्डोले २२ रन जोड्दा दनुस्का गुनाथिलकाले २० रन बनाए । भारतका सार्दुल ठाकुरले ३ विकेट लिए । नाभदिप सैनी र कुलदिप यादवले २÷२ विकेट लिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);