श्रीलंकाविरुद्धको टी–२० श्रृखंला भारतको कब्जा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

श्रीलंकाविरुद्धको टी–२० श्रृखंला भारतको कब्जा

india vs srilanka

एजेन्सी, २६ पुस । घरेलु टोली भारतले श्रीलंकाविरुद्धको तीन खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिज जितेको छ । शुक्रबार भएको अन्तिम तथा तेस्रो टी–ट्वान्टीमा श्रीलंकालाई ७८ रनले पराजित गर्दै भारतले सिरिज २–० ले जितेको हो ।

भारतले दिएको २ सय २ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको श्रीलंका १५ ओभर ५ बलमा अलआउट हुँदै १ सय २३ रनमा समेटियो । श्रीलंकाका लागि धनन्जय डी सिल्भाले ५७ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीको हार टार्न सकेनन ।

यस्तै एन्जेलो म्याथ्युजले ३१ रन बनाए । श्रीलंकालाई सस्तैमा समट्ने भारतका नाभ्दिप सैनीले ३ विकेट लिए । सार्दुल ठाकुर र वासिङ्गटन सुन्दरले २-२ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर २ सय १ रन बनाएको थियो । भारतका लागि लोकेश राहुल र शिखर धवनले अर्धशतकीय इनिङ्स खेले । लोकेशले ५४ तथा शिखरले ५२ रन बनाए ।

त्यस्तै मनिष पाण्डेले अविजित ३१ तथा सार्दुल ठाकुरले अविजित २२ रन बनाए । कप्तान विराट कोहली २६ रनमा आउट भए । श्रीलंकाका लाक्सन सान्डकानले ३ विकेट लिए । दुई टोलीबीचको पहिलो खेल वर्षाको कारण रद्द भएको थियो । दोस्रो खेलमा भने भारतले श्रीलंकालाई ७ विकेटले हराएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);