ए डिभिजनमा आज जावलाखेल र मछिन्द्र तथा मनाङ र हिमालयन भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

ए डिभिजनमा आज जावलाखेल र मछिन्द्र तथा मनाङ र हिमालयन भिड्दै

A division league

काठमाडौं, २६ पुस । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत छैटौं चरणका खेलहरु आजदेखि शुरु हुँदै छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने छैटौं चरणको पहिलो दिन आज २ वटा खेल हुने छन् ।

पहिलो खेलमा जावलाखेल युथ क्लब र मछिन्द्र आमने सामने हुनेछन् । यो खेल मध्यान्ह १२ बजेदेखि शुरुहुने छ । यी दुवै टिम अपराजित छन् । शनिबारको खेलमा मछिन्द्र विजयी भए केहीबेरका लागि शीर्ष स्थानमा उक्लने छ भने जावलाखेल विजयी भए दोस्रो स्थानमा पुग्ने छ ।

त्यस्तै दोस्रो खेलमा दिउँसो ३ बजे दोस्रो स्थानको मनाङ मस्र्याङ्दी र हिमालयन शेर्पा आमने सामने हुनेछन् । मनाङ विजयी हुँदै शीर्ष स्थानमा पुग्ने लक्ष्यमा रहँदा शेर्पा भने पहिलो जित निकाल्दै तीन अंकको खोजिमा हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);