मनाङ मर्स्याङ्दीलाई हिमालयन शेर्पाले बराबरीमा रोक्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

मनाङ मर्स्याङ्दीलाई हिमालयन शेर्पाले बराबरीमा रोक्यो

मच्छिन्द्र सहिद स्मारक ’ए’ डिभिजन लिगको शीर्ष स्थानमा

काठमाडौं, २६ पुस । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लब बराबरीमा रोकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा १० खेलाडीमा सिमित मनाङ हिमालयन शेर्पा क्लबसँग गोलरहित बराबरीमा रोकिएको हो ।

बराबरीपछि दुवै टोलीले एक एक अंक बाँड्दा मनाङको पहिलो स्थानमा रहने प्रयास विफल भएको छ । मनाङले ६ खेलमा १२ अंक जोडेको छ । मनाङ तेस्रो स्थानमा रहेको छ ।

मच्छिन्द्र  शीर्ष स्थानमा

लिगमा मनाङको यो तेस्रो बराबरी हो । मनाङको बराबरीले मच्छिन्द्र फुटबल क्लब सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबारै भएको अर्को खेलमा जावलाखेल युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र शीर्ष स्थानमा उक्लिएको हो । मच्छिन्द्रको साँघुरो जितमा विशाल राईले निर्णायक गोल गरे ।

खेलको ३१ औं मिनेटमा विशालले गोल गर्दै मच्छिन्द्रलाई महत्वपूर्ण ३ अंक दिलाएका हुन् । जितसँगै मच्छिन्द्रले ६ खेलमा १३ अंक जोडेर पहिलो स्थानमा पुगेको हो । मच्छिन्द्र त्रिभुवन आर्मी क्लबलाई १ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो । जावलाखेल ६ खेलमा ९ अंकसंगै पाँचौं स्थानमा रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);