बी डिभिजन लिग फुटबलमा आरसिटीश्री कुमारी क्लबसँग बराबरीमा रोकियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बी डिभिजन लिग फुटबलमा आरसिटीश्री कुमारी क्लबसँग बराबरीमा रोकियो

काठमाडौं, २० फागुन । सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा रानीपोखरी कर्नर टिम आरसिटी बराबरीमा रोकिएको छ । बिहीबार भएको खेलमा आरसिटीले श्री कुमारी क्लबसँग १–१ गोलको बराबरी खेलेको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा सुरुवाती अग्रता जोगाउन नसक्दा आरसिटी बराबरीमा रोकिएको हो । खेलको तेस्रो मिनेटमा अजित गुरुङले गोल गर्दै आरसिटीलाई अग्रता दिलाएका थिए । तर, २२ औं मिनेटमा युवराज राईले गोल गर्दै श्री कुमारीलाई १–१ गोलको बराबरीमा फर्काए ।

बराबरीसंगै आरसिटी ९ खेलमा १३ अंकसँगै लिगको पाँचौं स्थानमा रहेको छ । श्री कुमारी ९ खेलमा ८ अंक जोडेर नवौं स्थानमा छ । बिहीबार नै श्री भगवतीले झम्सिखेल युथ क्लबलाई ३–२ गोल अन्तरले पराजित गरेको छ । श्री भगवतीलाई जित दिलाउन नवराज गुरुङ र मोहन बहादुर थापा मगरले एक एक गोल गरे ।

श्री भगवतीले एक गोल आत्मघाती उपहार पाएको थियो । झम्सिखेलका मदन स्याङतान र अनिश चौधरीले एक एक गोल फर्काए । जितसँगै ९ खेलमा ९ अंक जोडेर श्री भगवती लिगको आठौं स्थानमा उक्लिएको छ । झम्सिखेल ९ खेलमा ६ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);