नेपाल सुपर लिगमा एफसी चितवन र बुटवल लुम्बिनी एफसीबीचको खेल बराबरीमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

नेपाल सुपर लिगमा एफसी चितवन र बुटवल लुम्बिनी एफसीबीचको खेल बराबरीमा

काठमाडाैं । पहिलो संस्करणको नेपाल सुपर लिग एनएसएल फुटबलमा एफसी चितवन र बुटवल लुम्बिनी एफसीबीचको खेल बराबरीमा रहेको छ । बुधबार दशरथ रंगशालामा भएको खेलमा चितवन र बुटवलले २–२ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।

सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा चितवन बराबरीमा रोकिएको हो । खेलको १५ औं मिनेटमा जर्ज प्रिन्स कार्कीको गोलबाट चितवनले अग्रता बनाएको थियो । खेलको १९ औं मिनेटमा टेक बहादुर बुढाथोकीले गोल गर्दै चितवनलाई २–० को अग्रता दिलाए ।

तर, खेलको ३२ औं मिनेटमा आशिष लामाले गोल गर्दै बुटवललाई २–१ को स्थितिमा ल्याए भने ६५ औं मिनेटमा लक्ष्मण रुचालले गोल गर्दै बुटवललाई २–२ को बराबरीमा ल्याउदै टोलीलाई हारबाट जोगाए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);