जेन्टसँग बराबरीमा रोकिएपछि टोटनह्याम युरोपा लिग फुटबलबाट बाहिरियो | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८२, सोमबार

जेन्टसँग बराबरीमा रोकिएपछि टोटनह्याम युरोपा लिग फुटबलबाट बाहिरियो

१३ फाल्गुन काठमाडौं । बेल्जियमको जेन्टसँग बराबरीमा रोकिएपछि इंग्लिश क्लब टोटनह्याम युरोपा लिग फुटबलबाट बाहिरिएको छ ।

जेन्टसँग बराबरीमा रोकिएपछि टोटनह्याम युरोपा लिग फुटबलबाट बाहिरियो

१३ फाल्गुन काठमाडौं । बेल्जियमको जेन्टसँग बराबरीमा रोकिएपछि इंग्लिश क्लब टोटनह्याम युरोपा लिग फुटबलबाट बाहिरिएको छ ।

 

युरोपा लिग अन्तर्गत बिहिबार राति भएको अन्तिम ३२ को दोस्रो लेगमा बेल्जियमको जेन्टसँग बराबरीमा रोकिएपछि समग्रमा ३–२ ले पराजित हुँदै टोटनह्याम प्रतियोगिताबाट बाहिरिएको हो । पहिलो लेगमा १–० ले पराजित टोटनह्याम वेम्बली स्टेडियममा बिहिबार राति भएको दोस्रो लेगमा जेन्टसँग २–२ गोलको बराबरीमा रोकियो ।

जसको कारण समग्रमा ३–२ को जितसहित जेन्टले युरोपा लिगको अन्तिम १६ मा स्थान बनायो । टोटनह्यामको हारमा ह्यारी केनको आत्मघाती गोल र डिले अली रातो कार्ड घातक बन्यो । खेलमा सुरुवाती अग्रता टोटनह्यामले लिएको थियो । खेलको १० औं मिनेटमा त्रिस्चियन इरिकसेनले गोल गर्दै टोटनह्यामलाइ सुरुवाती अग्रता दिलाए । 

तर, खेलको २० औ मिनेटमा ह्यारी केनको आत्मघाती गोलबाट जेन्ट खेलमा फर्कियो ।  खेलको ३६ औ मिनेटमा डिले अली रातो कार्ड खाएर मैदान बाहिरिएपछि टोटनह्याम पहिलो हाफमै १० खेलाडीमा समेटियो । खेलको ६१ औं मिनेटमा भिक्टर वायन्माको गोल गर्दै टोटनह्यामलाई पुन अग्रता दिलाए ।

तर, टोटनह्यामले त्यो अग्रता जोगाउन सकेन । खेलको ८२ औं मिनेटमा जेन्टका प्रिविटले गोल गरेपछि खेल २–२ गोलको बराबरीमा सकियो । दोस्रो लेग बराबरीमा सकिएपछि समग्रमा जेन्ट ३–२ ले विजयी हुँदै युरोपा लिगको अर्को चरणमा प्रवेश गरेको छ ।

Leave a Reply