बार्सिलोना इन्टर मिलानसँग एक–एक गोलको बराबरी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बार्सिलोना इन्टर मिलानसँग एक–एक गोलको बराबरी

काठमाडौं, २१ कात्तिक । च्याम्पियन्स लिगमा बार्सिलोना र इन्टर मिलानसँग एक–एक गोलको बराबरीमा रोकीयो । अर्को खेलमा टोटनह्यामले पीएसजीलाई दुई एकले हरायो ।

च्याम्पियन्स लिगमा बार्सिलोना र इन्टर मिलानसँग एक–एक गोलको बराबरीमा रोकिएको छ ।

इन्टरको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले एक गोलको अग्रता जोगाउन सकेन । निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो । झण्डै ८० हजार दर्शकमाझ भएको खेलको ८३ औं मिनेटमा माल्कोनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

उनले फिलिप कोउन्टिन्होको पासको सदुपयोग गरेका थिए । टिममा रहे पनि प्लेइङ सेटमा नपरेका मेसीबिना मैदानमा उत्रिएको बार्सिलोनाले ८७ औं मिनेटमा गोल खान पुग्यो । अर्जेन्टिनी खेलाडी माउरो इमानुयल इकार्डीले इन्टर मिलानका लागि गोल गर्दै खेल बराबरीमा पुर्याए । बराबरीपछि समूह बी मा रहेको बार्सलोना १० अंकसहित पहिलो स्थानमा कायमै छ भने इन्टर मिलान दोस्रो स्थानमा छ ।

यस्तै, अर्को खेलमा टोटनह्यामले पीएसजीलाई दुई एकले हरायो । उसको जितमा दुवै गोल हेरी केनले गरे । उनले खेलको ७८ औं र ८९ औं मिनेटमा गोल गरेका थिए । यता पेरीस सेन्ट जर्मेन भने नापोलीसँग एक एकको बराबरीमा रोकियो । बराबरीले नापोली समूह सी को शीर्ष स्थानमा पुग्दा पीएसजी तेसो स्थानमा कायमै छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);