च्याम्पियन्स लिगको पहिलो खेलमा पेनाल्टीमा चुक्यो बोरुसिया | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

च्याम्पियन्स लिगको पहिलो खेलमा पेनाल्टीमा चुक्यो बोरुसिया

borasiya vs barsilona

एजेन्सी, १ असोज । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा बार्सिलोना जित बिहीन भएको छ । कप्तान लियोनल मेस्सी चोटबाट मुक्त भएर मैदान फर्किएको र यो सिजनको च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा बार्सिलोना जित बिहीन भएको हो ।

मंगलबार रातिदेखि सुरु भएको च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह एफ मा रहेको बार्सिलोना अवे मैदानमा भएको खेलमा जर्मन क्लब बोरुसिया डर्टमुण्डसँग गोलरहित बराबरीमा रोकिएको हो । यो खेलमा बोरुसियाले गोल गर्ने सुन्दर मौका पाएको थियो तर त्यसमै चुक्यो । गोलरहित बराबरी भएपछि पहिलो खेलबाट दुवै टिमले एक एक अंक बाँडेका छन् । सोही समूह अन्तर्गत भएको अर्को खेलमा इटालियन क्लब इन्टर मिलान स्लाभिया प्रागसँग १–१ को बराबरीमा रोकियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);