च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा म्यानचेस्टर सिटीको जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा म्यानचेस्टर सिटीको जित

एजेन्सी, २५ चैत । च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा सिटीले जर्मन क्लब बोरुसिया डर्टमण्डलाई २–१ गोल अन्तरले पराजित गरेको हो । सिटीलाई जित दिलाउन केभिन डी ब्रुएन र फिल फोडेनले एक÷एक गोल गरे ।

डर्टमण्डका मार्को रिउसले एक गोल फर्काए । घरेलु मैदानमा १९ औं मिनेटमा ब्रुएनले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए भने ८४ औं मिनेटमा रिउसले गोल गर्दै डर्टमण्डलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ९० औं मिनेटमा फोडेनले गोल गर्दै सिटीलाई २–१ को जित दिलाए ।

यस जितसँगै सिटीले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । डर्टमण्डको मैदानमा हुने दोस्रो लेग अप्रिल १४ मा हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);