प्रिमियर लिग : चेल्सीलाई ६–० ले हराउँदै सिटी शीर्षस्थानमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

प्रिमियर लिग : चेल्सीलाई ६–० ले हराउँदै सिटी शीर्षस्थानमा

cityvschelsea-6-0

एजेन्सी, २८ माघ । म्यान्चेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा जित हात पारेको छ । आइतबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा सिटीले चेल्सीलाई ६– ० गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।

सिटीको जितमा सर्जियो अग्युइरोले ह्याट्रिक गरे । त्यस्तै, रहिम स्ट्रलिङले दुई र इल्क्ये गुन्डुगनले एक गोल गर्न सफल भए । चौंथो मिनेटमा स्ट्रलिङले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । अग्युइरोले १३ औं मिनेटमा गोल गर्दै सिटीलाई दोब्बर अग्रता दिलाए ।

अग्युइरोले १९ औं मिनेटमा अर्को गोल गर्दे सिटीलाई ३–० गोलको अग्रता दिलाए । एकपछि अर्को गोल गर्दै फराकिलो अन्तरको अग्रता बनाएको सिटीले खेलको २५ औं मिनेटमा चौथो गोल गर्दै ४ –० गोलले अघि रहेको थियो ।

पहिलो हाफमा ४ – ० गोलअन्तरले पछि परेको चेल्सीले दोस्रो हाफमा थप दुई गोल खान सफल भयो । ५६ औं मिनेटमा अग्युरोले गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । यो सँगै सिटी ५– ० गोलअन्तरले अघि रहेको थियो । स्ट्रलिङले ८० औं मिनेटमा अर्को गोल गर्दै सिटीलाई चेल्सीविरुद्ध ६–० गोलको जित दिलाए ।

जितपछि लिगको शीर्ष स्थान उक्लिदै सिटीले २७ खेलबाट ६५ अंक बनाएको छ । पराजित चेल्सीको २६ खेलबाट ५० अंक रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);