बी डिभिजन फूटवल : रानीपोखरी कर्नर टीम र पुल्चोक स्पोर्टस क्लव विजयी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

बी डिभिजन फूटवल : रानीपोखरी कर्नर टीम र पुल्चोक स्पोर्टस क्लव विजयी

काठमाडौं, २७ माघ । रानिपोखरी कर्नर टिम आरसिटीले सहिद स्मारक ’बी’ डिभिजन लिगमा विजयी सुरुवात गरेको छ । आईतबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको पहिलो खेलमा आरसिटीले नयाँ बस्ती युथ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै पहिलो जीत निकालेको हो ।

सुरुवातमा एक गोलले पछाडी परेको अवस्थामा जित निकाल्दै आरसिटीले खेल आफ्नो पक्षमा पारेको थियो । आरसिटीको जितमा संसार नन्द पलान्चोकेले दुई गोल गरे भने पुकार आले मगरले एक गोल गरे ।

खेलको पहिलो मिनेटमा नै नयाँ बस्ती युथ क्लबका सानी कुमार चौधरीले गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए । खेलको २९ मिनेटमा आरसिटी प्राप्त भएको पेनाल्टीलाई गोलमा बदल्दै पुकारले खेल बराबरीमा ल्याएका थिए ।

खेलको ५१ र अतिरिक्त समयमा गोल गर्दै संसार नन्द पलान्चोकेले आरसिटीलाई महत्वपुर्ण तीन अंक दिलाएका थिए । यो जितसंगै आरसिटीको तीन अंक भएको छ । यस्तै आइतवार नै भएको दोश्रो खेलमा पुल्चोक स्पोर्टस् क्लबले बाँसबारी क्लब माथि ३–१ को जीत निकालेको छ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा पुल्चोकका लागि टेकराज गुरुङले १७ औं मिनेटमा पहिलो गोल गरेका थिए। यता गोलका लागि संघर्ष गरिरहेको बाँसबारीले नवीन थापाको गोलबाट ४७औँ मिनेटमा बराबरी गरेको थियो । बराबरी भएको ५२ औँ मिनेटमा पुल्चोकका लागि रामकाजी कुमालले गोल गर्दै अग्रता दिलाए भने ९३औँ मिनेटमा पुल्चोकका सुशील गुरुङले गोल गर्दै जीत सुनिश्चित गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);